राजनीतिक उत्तराधिकारको योजना

राजनीति गतिशील हुनुपर्छ । यसले समाजको गतिशीलतालाई सम्बोधन गरेर अघि बढे मात्र समाजको आवश्यकता र राजनीतिक व्यवस्थाको धुन एउटै तालमा बज्छ । यसका लागि राजनीतिक वृत्तमा क्रमिक विकास, नवीन परिवर्तन, र नयाँ विचारलाई पर्याप्त स्थान दिइनुपर्छ । साथसाथै, नयाँ पुस्ता र उमेर समूहका राजनीतिज्ञका लागि समेत उपयुक्त स्थान निर्माण गर्नुपर्छ जसले समयको मागसँगै वर्तमान राजनीतिक पुस्तालाई क्रमशः विस्थापन गर्न सकून् । अहिलेका राजनीतिज्ञले आफ्नो सफल विस्थापनको लागि राजनीतिक उत्तराधिकारको योजना सुरु गर्नुपर्छ र हामी यसलाई सार्वजनिक बहस र अभ्यासमा ल्याउन काम गर्नेछौँ ।