राष्ट्रनिर्माणमा प्रवासी नेपाली

नेपालले आफ्नो सबैभन्दा ठूलो स्रोत मध्येका एक प्रवासी नेपालीलाई पूर्ण रूपमा उपभोग गर्न सकेको छैन । नेपालको आमूल रूपान्तरण, विकास र समृद्धिको यात्रामा प्रमुख भूमिका खेल्न सक्ने दक्षता, उन्नत सीप कौशल र विशेषज्ञहरूको विश्वव्यापी सञ्जाल प्रवासी नेपालीहरूसँग रहेको छ जसलाई हामीले सामाजिक र आर्थिक पूँजीको प्रमुख स्रोतका रूपमा उपयोग गर्न अत्यन्त आवश्यक छ ।