प्राविधिमा रोजगारी सिर्जना

एउटा यस्तो संसारको परिकल्पना गरौं जहाँ कोहि उच्च माध्यमिक शिक्षा हासिल गरेको सामान्य व्यक्तिले महिनामा कम्तिमा एक लाख रुपैयाँ कमाउन सक्छ । घर बसेर, आफ्नो परिवारका नजिक, देश प्रविधिमा अघि बढ्ने साथै परिवारपनि सँगै हुनेछन् । नेपाललाई यस्तो देशको कल्पना गरौँ जसले प्रविधिमा आधारित संसार भरिका व्यवसायहरु, उद्दमीहरु र नव-उद्दमी आकर्षित गर्छ र तिनलाई सफल बनाउने वातावरण प्रदान गर्न सक्छ । हजारौँको संख्यामा ठुला टेक कम्पनीहरुले नेपाली टेक कर्मचारीहरुलाई रोजगारी दिएको कल्पना गरौं । नेपालमै बनेका एपहरु एप स्टोर र प्ले स्टोर भरि भएको कल्पना गरौँ ।

यो सपना वास्तविकताभन्दा धेरै टाढा छैन । यो सपना, अबको दस वर्षमा नेपालको भविष्य भन्न सक्छ । यसका लागि हामीले हाम्रो शिक्षामा लगानी देखि विधुतीय पूर्वाधारको विकास र आवश्यक कानूनको मस्यौदा लगायात सारा प्रविधि पारितन्त्रलाई नयाँ संस्करणमा लग्न सक्नुपर्छ ।

शिक्षा: हाम्रो शैक्षिक प्रणालीले हाम्रा विद्धार्थीहरुको रोजगारी पाउने क्षमतामा के असर गरेको छ? शिक्षामा हुने लगानीले स्नातक पश्चात् विद्धार्थीहरुलाई आवशक शिप र उनीहरुको रोजगारीतामा ध्यान दिनुपर्छ । बुटक्याम्प, तालिम जस्ता अनऔपचारिक शैक्षिक विधिहरुको प्रयोग गरेर प्राविधिक सिपमा दक्ष मानव संसाधनको वृद्धि गर्न प्राथमिक्ता दिईनेछ । यस्ता तालिम र बुटक्याम्पबाट तालिमप्राप्त व्यक्तिहरुलाई विभिन्न प्राविधिक रोजगारी प्राप्त गर्ने प्रक्रियामा पनि साथ दिईने छ ।

कानूनी पूर्वाधारहरु: प्रविधि समबन्धी कम्पनीहरुमा संग्लनता बढाउन कस्ता कर सम्बन्धी कानूनहरु आवश्यक छन् ? कस्ता कर छुटहरु, नव-उद्दमीका लागि अनुदानहरु र सरकारी ऋणहरु तथा ग्यारेन्टीहरु जरुरी छन्? डाटा सेन्टर, डाटा भण्डारण, साइबर सुरक्षा, डिजिटल हस्ताक्षर, क्लाउड आदीमा कस्ता नीति निर्माण गर्नुपर्छ?

सूचना प्रविधि सम्बन्धी एक विधेयक ल्याउने हाम्रो लक्षका अन्तर्गत हामीले पहिलो सूचना प्रविधि विधेयक ह्याकाथन चैत ४, २०७९मा पूरा गरेका छौं ।
hackathon-1-group

विधेयक ह्याकाथन भनेको के हो ?

विधेयक ह्याकाथन एक नवीन कार्यक्रम हो जसले कानून निर्माण जस्तो जटिल प्रक्रियालाई अझ लोकतान्त्रिकरण गर्छ र आम जनतालाई सो प्रक्रियामा आफ्नो आवाज उठाउने मौका दिन्छ । लोकतन्त्रमा जनताको समान सहभागीता जरुरी छ तर धेरै जसो यस्तो कानून निर्माण प्रक्रियाबाट जनता छोडिएका हुन्छन् । विधेयक ह्याकाथनको परिकल्पना यसै सहभागिताको सिद्धान्तमा आधारित भइ कानून नोरमान प्रक्रियामा जनताको सहभागिता सुनिश्चित गराउन र उनीहरुलाई बनिरहेका कानूनले के-कस्तो असर पार्नेछन् भनी सचेत गराउन गरिएको हो ।

यस कार्यक्रममा हामीले नेपालका सूचना प्रविधि क्षेत्रका सरोकारवालाहरुलाई सूचना प्रविधि विधेयक, २०७५मा खुला र उपयोगी छलफलका लागि सहभागी गराएका थियौँ ।

hackathon-2-sumana

hackathon-3

hackathon-4

हामीले ह्याकाथनमा सिकेका कुराहरू

hackathon-5-reflection1
hackathon-6-reflection2

  1. यहाँ हजुरहरुले सूचना प्रविधि क्षेत्रमा भोगेका समस्या पठाउने लिंक राखिएको छ । कृपया आफ्ना अनुसन्धानका श्रोत र साधन प्रयोग गरि हामीलाई सकेसम्म विस्तृत रुपमा यी समस्या प्रदान गरिदिनुहोला । त्यसैगरि कुनै कानूनलाई तोकेर आफ्नो समस्या राख्न सक्नुभयो भने हामीलाई ठूलो सहयोग हुनेछ । लिंक: https://forms.gle/4bP84chyrBFLpzJs9
  2. हामीले ह्याकाथनमा प्राप्त गरेका सबै संसोधनका प्रस्तावहरु यहाँ भेट्टाउन सक्नुहुन्छ : https://docs.google.com/spreadsheets/d/1-DXig8Y8GL8C8tc2CQw81MTehjYJ_YMOLphTRE-hW24/edit?usp=sharing
  3. कृपया आफूलाई कानूनी परामर्श दिने कानून व्यवसायीसँग सल्लाह लिई आफ्नो क्षेत्रमा लागू हुने सबै ऐन र मन्त्रिपरिषद्का निर्णयहरु सूचिकृत गरिदिनुहोला । यस्तो गरेमा हामीले आवश्यक परिवर्तनका लागि आवाज उठाउन सक्छौँ । बुझाउने लिंक: https://forms.gle/Me4NJRyAootC44M16
  4. भारत, बंगलादेश, रवान्डा, कोरिया जस्ता सूचना प्रविधि नीतिका अन्तराष्ट्रिय मानक देशहरुमा अनिशजीले सुभाव दिए अनुसार हजुरहरुले एक देश चयन गरेर अध्ययन गर्न सक्नुहुनेछ । यसरी हामीले यो जल्दोबल्दो र निकै जटिल क्षेत्रलाई अरु देशले कसरी प्रबन्ध गरिरहेका छन् भन्ने जानकारी जम्मा गर्न सक्छौं । बुझाउने लिंक: https://forms.gle/HF2tCv88zfXe9dQK9

हामीले सूचना प्रविधिको विधयेकको जग बसाउन सुरु गरिसकेका छौं । हामीसँग सम्पर्कमा रहेर आफ्ना अध्यन र सिपले हामीलाई सहयोग गर्नुहोस् !