शुन्य समयमा, फागुन ३, २०७९
सन्दिप लामिछानेको मुद्दा -त्यो कहिलेसम्म छिनोफानो गर्छौँ? न्यायमा ढिला सुस्तीका कारण पीडितकाे सुरक्षा र मनाेसामाजिक अवस्था झनै कमजोर भईरहेको छ। यतिका समय लाग्ने हो भने आरोपितको नाम किन सार्वजनिक गरियो? एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो? pic.twitter.com/0PkXNnt7ev
— Sumana (@SumanaShrestha) February 15, 2023
सभामुख महोदय मार्फत सरकारलाई प्रश्न सोध्न चाहान्छु
जनगणना सकिसकेको महिनौं भईसक्दा पनि हामी समक्ष त्यसको प्रतिवेदन आउन केले छेकेको छ ? तथ्याङ्क, आँकडा नै भएन भने हामीले के को आधारमा नीति निर्माण गर्ने ?
न्यायपालिकाको काम चुस्त दुरुस्त र पारदर्शी हुनुपऱ्यो सबैको पहुँच हुनुपऱ्यो । गौशाला - २६को मुद्दा कहिले सम्म छिनो फानो गर्छौं ? सन्दिप लामिछाने आरोपित मात्र हुन् भने उनको नाम सार्वजनिक हुनु हुन्थ्यो कि हुदैनथ्यो? भैसकेपछि यो मुद्दा छिनोफानो किन ढिलासुस्ती?
एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो? मुद्दा छिनोफानो हुनदिन सकिन्न थियो?
सन्दिप प्रकरणले पीडितहरू झनै ठुलाे मानसिक अवसादमा धकेलिने जाेखिम बढेकाे छ । पीडितकाे सुरक्षा र उसकाे मनाेसामाजिक र आर्थिक अवस्थाको विषयमा राज्य र समाजले पुरै अनदेखा गरिरहेकाे छ । यसमा पनि सबैको ध्यान जाओस् ।