नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१

नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गरी कानून व्यवसायी परिषद् अन्तर्गत कानून व्यवसायी प्रतिष्ठान (लयर्स एकेडेमी) को स्थापना गर्ने तथा परिषद्‌ले कानूनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन कानून विषयको स्नातक वा सो सरहको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा व्यवस्था गर्न आवश्यक भएको छ। त्यसैगरी परिषद्‌ले कानून व्यवसायीलाई निरन्तर कानूनी शिक्षाको प्रबन्ध गर्ने र सोको लागि आवश्यक पाठ्यक्रम, पाठ्यसामग्री, अनुसन्धान र प्रशिक्षणको व्यवस्था गर्न, कानून व्यवसायीको पेशागत आचरणलाई नियमन गर्न, कानून व्यवसायीले पक्षसँग लिने शुल्क बैंकिङ्ग च्यानलमार्फत लिने व्यवस्था गरी कानून व्यवसायीले लिने शुल्क पारदर्शी बनाउन तथा नेपालको संविधानले अवलम्बन गरेको संघीय शासन प्रणाली बमोजिम परिषद्‌को संरचनालाई प्रदेशसम्म विस्तार गर्न र कानून व्यवसायीले आफ्नो कार्यालय वा फर्म परिष‌द्मा सूचीकृत तथा अद्यावधिक गर्ने व्यवस्था समावेश गरी नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्ने विधेयक

यो विधेयक प्रतिनिधि सभामा २०८१-११-२२मा दर्ता भएको छ ।

दर्ता भएको विधेयक

पिडिएफ डाउनलोड

मूल ऐन

पिडिएफ डाउनलोड

प्रतिनिधि सभामा पेश हुँदा मेरो टिप्पणी

हुन बाँकी

छलफल

सरोकारवालाबाट सुझाव लिने फारम

विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।

हामीले बुझाएका संशोधनहरू

बुझाउन बाँकी

छलफलका लागि स्विकृत संशोधनहरू

प्राप्त हुन बाँकी