विद्यालय शिक्षा विधेयक २०८०
विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनको विधेयक २०८०
विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण गर्न तथा विद्यालय शिक्षाका मुलभूत विषयमा समता, एकरूपता र गुणस्तर कायम गरी विद्यालयको स्थापना र सञ्चालन सम्बन्धी विषयलाई व्यवस्थित गर्न बनेको विधेयक ।
यो विधेयक प्रतिनिधि सभामा २०८०-०५-२७मा दर्ता भएको छ ।
दर्ता भएको विधेयक
पिडिएफ डाउनलोडपेश हुँदा मेरो टिप्पणी
आज विद्यालय शिक्षा विधेयक २०८० को सैद्धान्तिक छलफल सदनमा हुदैछ। घोकन्ते विद्याबाट कसरी माथि उठ्ने, कसरी भोलि विश्वमा अब्बल भएर देखाउने जनशक्ति पैदा गर्ने भनेर यो विधेयकले कल्पना पनि गरेको छैन। देशको जिम्मेवारी धान्ने भोलिका कर्णधारको विकासको पनि कल्पना गरेको छैन। मेरा विचारहरु: pic.twitter.com/Pl8VpqBY6V
— Sumana (@SumanaShrestha) October 6, 2023
भोलि पेश हुने भनिएको यो विद्यालय शिक्षा विधेयक २०८० वास्तवमा पूरै पुनर्लेखन गर्नुपर्ने छ। म सबै प्रतिनिधि सभा सदस्यहरुमा आह्वान गर्न चाहन्छु, प्रश्न गरौं - हामीले नेपालको शैक्षिक गुणस्तर दीर्घकालीन र ठोस रुपमा कसरी बदल्न सक्छौं? pic.twitter.com/lDcMc5pH4t
— Sumana (@SumanaShrestha) October 5, 2023
छलफल
विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।