केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०
विभिन्न ऐनहरूमा समसामयिक सुधार गर्न ल्याइएको विधेयक । यसमा शिक्षा, स्वास्थ्य, अपराध, संवैधानिक आयोग, यातायात, श्रम, प्रशासन, वातावरण, उर्जा र संचारलगायत विभिन्न क्षेत्रका ८१ वटा प्रचलित ऐनमा संशोधन गर्नेछ । कुन दफाले कुन क्षेत्रलाई असर गर्छ भन्नेबारे बुझ्न यो लिङ्क ।
यो विधेयक प्रतिनिधि सभामा २०८०-०५-१८मा दर्ता भएको छ ।
यस ऐनको दफा ६४ले अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गर्दैछ भनेर हामीले यो विधेयकलाई पेश हुन नदिन विरोधको प्रस्ताव गराएका थियौं तर अस्विकृत भयो ।
दर्ता भएको विधेयक
पिडिएफ डाउनलोडप्रतिनिधि सभामा पेश हुँदा मेरो टिप्पणी
३ मिनेटमा ८१ वटा ऐन संशोधन गर्ने बनेको विधेयकमा सैद्धान्तिक छलफल के कर्मकाण्डी मात्रै भएन र? त्यस पछि ७२ घण्टा संशोधनका लागि। विश्वासघात गरिँदै छ जनताको मतलाई; विश्वासघात गरिँदै छ देशका महत्वपूर्ण मुद्दाहरु माथि - रबर स्ट्याम्प बनाईँदैछ सदनलाई। pic.twitter.com/xJNrAFM9RN
— Sumana (@SumanaShrestha) August 29, 2023
छलफल
सरोकारवालाबाट प्राप्त सुझावहरू र त्यसमा हाम्रो प्रतिकृया
विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।