सूचना प्रविधि विधेयक, २०७५

हाम्रो प्रमुख प्राथमिकता मध्ये एक, नेपाललाई विश्वको नक्सामा सूचना प्रविधिको केन्द्र (टेक हब) का रूपमा विकास गर्न पर्छ भन्ने हो । यसको लागि कानूनी संरचनाको बलियो जग बसाउनु पर्ने हुन्छ । प्रस्तावित सूचना प्रविधि ऐन हामीले परिकल्पना गरेका संरचनाको एक महत्वपूर्ण हिस्सा हुनेछ ।

सूचना प्रविधि विधेयक संसदमा पेश भैसकेको छैन र कहिले पेश हुन्छ भन्ने पनि बारे कार्यतालिका पनि सार्वजनिक भएको छैन ।

अघिल्लो संसदमा सूचना प्रविधि विधेयक २०७५ पेश भएको थियो तर पारित हुन सकेन, यो विधेयक पारित भए पछि बन्ने ऐनले मौजुदा विद्युतीय कारोबार ऐन २०६३ लाई प्रतिस्थापित गर्नेछ ।

यो विधेयकमा सामाजिक सञ्जाललाई नियमन गर्ने प्रावधानहरू पनि छन् जसले वाक स्वतन्त्रता सम्बन्धी छलफल पनि निम्त्याउने गरेको छ । सामाजमा व्यापक प्रभाव पर्ने यस्तो विषयलाई यस विधेयकमा समेटिने नितान्त प्राविधिक विषयसँगै राख्नभन्दा छुट्टै ऐन बन्नु पर्छ भन्ने पनि विचार प्रकृट भएका छन् ।

केही परिच्छेद साइबर सुरक्षा सम्बन्धी पनि रहेका छन् भने साइबर सुरक्षा सम्बन्धी छुट्टै विधेयकको मस्यौदा पनि हामीसँग उपलब्ध छ ।

मस्यौदा

अघिल्लो संसदमा पेश भएको सूचना प्रविधि विधेयक २०७५
पिडिएफ डाउनलोड

विद्युतिय कारोबार ऐन २०६३
पिडिएफ डाउनलोड

छलफल

यही मिति २०७९ साल चैत्र ४ गते शनिवार - सुमना श्रेष्ठ सचिवालयले हाम्रो पहिलो विधेयक मन्थन - सूचना प्रविधि विधेयकमा आयोजना गर्दैछ।
हामी विधेयक मन्थनबाट नेपालको विधायकीमा एउटा नयाँ अभ्यास शुरु गर्न खोज्दैछौँ - यस विधेयकको मस्यौदा तयार गर्दा अमुक मन्त्रालयका कर्मचारी मात्र संलग्न हुने होइन, सूचना प्रविधि क्षेत्रका उद्यमी, शिक्षाविद्, अनुसन्धानकर्ता, थिङ्क ट्याङ्कआदि बीचको सहकार्यबाट माटो सुहाउदो मस्यौदा बनाउन पर्छ भन्ने हाम्रो विश्वास छ । यसबाट सरोकारवालाहरू सबैको अपनत्व हुने र चेतना पनि बढ्ने आशा पनि लिएका छौं ।

यस विधेयक मन्थनमा अघिल्लो संसदमा पेश गरिएको तर पारित हुन नपाएको सूचना प्रविधि विधेयक २०७५ लाई शुरुवाती बिन्दुको रुपमा प्रयोग गर्नेछौँ । यो विधेयक पारित भए पछि बन्ने ऐनले मौजुदा विद्युतीय कारोबार ऐन २०६३ लाई प्रतिस्थापित गर्नेछ, यसर्थ सो ऐन र सम्बन्धित नियमावलीहरू पनि सन्दर्भ सामाग्रीका रुपमा लिनेछौँ ।

सहभागिता अनुरोध फारम

सरोकारवालाबाट सुझावहरू लिने फारम

विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।

सन्दर्भ सामाग्री