खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७
मानव स्वास्थयको सुरक्षा तथा उपभोक्ता हित संरक्षणको लागि खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्ने खाद्य स्वच्छता सम्बन्धी कानूनी व्यवस्थालाई संशोधन र एकीकरण गर्न बनाइएको ऐन ।
यो विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।
पेश भएको विधेयक
पिडिएफ डाउनलोडराष्ट्रिय सभाको संसोधन
पिडिएफ डाउनलोडप्रतिनिधि सभामा पेश भएको दिन: २०७९-११-०३
प्रतिनिधि सभामा पेश हुँदा मेरो टिप्पणी
खाध्य स्वच्छता तथा गुण्स्तर विधेयक बारे मेरा टिप्पणी: स्थानीय उत्पादन नभई आयातकर्ताहरूलाई समर्थन, रूपान्तरण चरणमा साना तथा मध्यम मझ्यौला उध्योगहरूलाई कुनै सहयोगको कुरा छैन। यो विधेयक स्वास्थ्य मन्त्रालय बाट आउनुपर्ने, न कि कृषि।र कुन तथ्यान्कका आधारमा हामी यो विधेयक बनाउँदै छौँ? pic.twitter.com/weluhfaKKr
— Sumana (@SumanaShrestha) February 15, 2023
संसोधन प्रस्ताव गर्नुस्
संसद् सचिवालयमा संसोधन बुझाउने अन्तिम मिति: २०७९-११-०६ अपराह्न १ बजे सम्म
सरोकारवालाबाट संसोधन प्रस्ताव फारम
प्रस्ताव लिन बन्द गरिएको
समय अभावले २०७९-११-०६ बिहान सम्मको सुझावहरू मात्र समेट्न सक्यौं । सम्भव भएसम्म हामीले स्वीकार वा अस्वीकार गरिएका संशोधनहरू कारण सहित यहाँ राखेका छौं ।
संसद्मा मैले पेश गरेका संशोधन
संशोधनका मूल मन्त्र
- समितिहरूमा विज्ञहरूको संख्या बढाउने
- व्यवसायीलाई जिम्मेवार बनाउने तर प्रकृयागत र कानूनी अड्चन हटाउने
- ठूला र साना व्यवसायीलाई एकै रूपले नहेर्ने, वर्गीकृत गरी पूँजी हेरि नियमन गर्ने
- संघियताको मर्म अनुरुप विकेन्द्रकरणलाई प्राथमिकता दिने, सानो कामको लागि पनि केन्द्र धाइराख्न नपर्ने बनाउने
- आदेश र निर्देशनभन्दा सबल प्रणाली बनाउने तर्फ उन्मुख हुने