पदको पद बहालीका क्रममा भएको निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री सुमना श्रेष्ठज्यूबाट मिति २०८०।११।२३ गते मन्त्री पदको पद बहालीका क्रममा भएको निर्णय

“विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाको स्थापना, सञ्चालन तथा नियमनसम्बन्धी कानूनी व्यवस्थालाई प्रभावकारी, व्यवस्थित बनाई विश्वविद्यालयको स्वायत्ततालाई अक्षुण्ण राख, नेपालमा मौजुदा रहेका विश्विविद्यालयहरुमा कार्यकारिणी निकायबाट पदेन रुपमा रहने कुलपति तथा सहकुलपतिको व्यवस्थालाई समसामयिक रुपमा परिमार्जन गरी उच्च शिक्षालाई उत्पादनमूलक, रोजगारमूलक तथा विश्वस्तरीय बनाई प्रतिष्पर्धालाई स्वीकार गर्न तथा अन्तर्राष्ट्रियस्तरको शैक्षिक उन्नयन हासिल गर्न विश्वविद्यालयको संस्थागत तथा उच्च शिक्षाको अध्ययन, अनुसन्धान र नवप्रर्वतनको अवसर अभिवृद्धि गर्दै समुन्नत राष्ट्र निर्माणका लागि आवश्यक गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी मानव स्रोतको व्यवस्थाको लागि आवश्यक कार्य गर्नु पर्ने भएको छ।

नेपाली युवालाई नेपालमा नै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न त्रिभुवन विश्वविद्यालय लगायत संघीय कानून अन्तर्गत स्थापना तथा सञ्चालनमा रहेका मौजुदा तेह्रवटा विश्वविद्यालयमध्ये एघारवटा विश्वविद्यालयमा रहेको कुलपति तथा सहकुलपतिको व्यवस्थालाई समसामयिक रुपमा परिमार्जन गरी विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्याक्तित्वबाट हुने गरी कानूनी प्रबन्ध गर्न आवश्यक भएकोले मौजुदा विश्वविद्यालय सम्बन्धी ऐन तथा उच्च शिक्षा सम्वन्धी कानूनमा सोही बमोजिमको सुधार गर्न आवश्यक व्यवस्थाको लागि प्रारम्भिक काम कारवाही अगाडि बढाउने।”

पूर्ण पाठ