बङ्गलादेश चिकित्सा शिक्षा कोटा अन्यौल

मुद्दा: बङ्गलादेश सरकारबाट शैक्षिक वर्ष २०२३/२४ मा प्राप्त चिकित्सा शिक्षा कोटामा विद्यार्थीको सूची हेरफेर भएको गुनासो आएको

कारवाही:

निष्कर्ष: छुटेका ८ जनालाई पनि भर्ना दिने निर्णयको पत्र बङ्गलादेश सरकारको पत्र प्राप्त भएसँगै यो मुद्दाको समाधान भएको छ । यसतर्फ महत्वपूर्ण भूमिका निभाउनुभएका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठज्यू, नेपालका लागि बङ्गलादेशका महामहिम राजदूतज्यू, ढाकास्थित नेपाली दूतावासका महामहिम राजदूतज्यू र बङ्गलादेश सरकारलाई धन्यवाद । यो विषयलाई प्रमुखताका साथ उठाउनुहुने संघीय सदनका माननीय सदस्यज्यूहरुलाई पनि धन्यवाद छ। विद्यार्थीहरूको गुनासो आएकैदिनदेखि समस्या समाधानका लागि खटिने मन्त्रालयका कर्मचारीहरूलाई पनि धन्यवाद । विद्यार्थीको हकहीत र सुरक्षाको लागि आगामी दिनमा यस्तो घटना नदोहोऱ्याउने गरी काम गर्न मन्त्रालय प्रतिबद्ध छ ।

घटनाक्रम

शैक्षिक वर्ष २३/२४का लागि बंगलादेशमा अध्ययन गर्न मनोनयन भएका MBBSतर्फ १९ जना र BDSतर्फ ३ जना गरी जम्मा २२ जना नेपाली विद्यार्थीहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०८०/१०/१७को पत्रद्वारा परराष्ट्र मन्त्रालयलाई सूचित गरिएको ।
मन्त्रालयको सिफारिस अनुसार २२ जना विद्यार्थीहरूलाई अध्ययन गर्ने अवसर उपलब्ध हुनुपर्नेमा MBBS तर्फ १० जना र BDS तर्फ २ जनालाई मात्रै सो अवसर प्राप्त भएको भनी बंगलादेश राजदूतावासको २ मे २०२४ को कूटनीतिक नोटसहितको जानकारी प्राप्त भएको ।
मन्त्रालयको सिफारिस पत्रमा नाम समावेश भएका सबै विद्यार्थीहरूलाई नै Confirmation प्राप्त हुने व्यवस्था गर्नका लागि परराष्ट्र मन्त्रालय मार्फत बंगलादेश सरकारलाई अनुरोध गरी पठाउन भनि मिति २०८१ । १ । २३ मा मन्त्रीस्तरीय निर्णय गरी पत्राचार गरिएको र सो सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई 'कूटनीतिक नोट' पठाइसकेको ।
२०८१ वैशाख ३१ गते माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेत उपस्थितिमा जनगणतन्त्र बङ्गलादेशका महामहिम राजदूत श्री सलाहुद्दिन नोमान चौधरीसँग मन्त्रालयमा भेटघाट गरी उक्त विषयमा छलफल गर्नुभएको ।
बङ्गलादेश सरकारले अन्तिम सूचिमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको पत्र नेपाल सरकारलाई पठायो
सम्बन्धित विद्यार्थीहरूलाई मन्त्रालयमै बोलाएर बङ्गलादेशमा अध्ययनका लागि शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूसँग संवाद