सुसाशनका निम्ति पहल
मुद्दा: सुसाशनका निम्ति काम कारवाहीमा पार्दशिता र अनुमानयोग्य प्रक्रिया आवश्यक छ। सांसद हुँदा यस विषयमा आवाज उठाउदै आएकी थिएँ। मन्त्रालय सम्हाले पछि यसतर्फ निम्न कार्य सम्पन्न गरेँ ।
विश्लेषण गर्न मिल्ने ढाँचामा तथ्याङ्क
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विगत ५ आ वको बजेट विश्लेषण गर्न मिल्ने गरी स्प्रेडशिट फर्म्याटमा
- शिक्षा तथा मानव स्रोत विकास केन्द्र(CEHRD)ले प्रकाशन गर्ने तथ्याङ्क
एकिकृत कार्यालय व्यवस्थापन प्रणाली
सरकारी कार्यालयको डिजिटलाइजेसन गर्ने हेतुले बनेको एकिकृत कार्यालय व्यवस्थापन प्रणाली (Government Integrated Office Management System - GIOMS) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पनि लागू गर्ने निर्णय गरियो ।
- हाजिरी, बिदा लगायतका कर्मचारी व्यवस्थापन सम्बन्धी कार्य विद्युतीय माध्यमबाट भई एकितृत विद्युतीय अभिलेख बस्ने
- दर्ता चलानी, पत्र फर्वार्ड, टिप्पणी उठाउने लगायतका कार्य विद्युतीय माध्यमबाट हुने र विद्युतीय अभिलेख बस्ने । यसबाट कुनै फाइल कुन कर्मचारीकोमा पुगेको छ, कहिलेदेखि अघि बढ्न सकेको छैन भनी सरोकारवालाले हेर्न सक्नेछन् ।