भीभीआइपी सवारीको प्रसङ्गमा टिप्पणी, माघ २९, २०७९

आजको सदनमा म अस्तिको भीभीआइपी सवारीको प्रसङ्गलाई सम्बोधन गर्ने तयारीमा थिएँ। तर विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न सरकार तयार भएको समाचारपछि बोल्न आवश्यक देखिनँ। यद्यपि सरकारले एकहप्ताभित्र सुझाव पेश गर्ने कुरालाई भने फलो अप (follow-up) गर्ने छु। मन्तव्य:

सभामुख महोदय, म समसामायिक विषय उठान गर्दैछु ।

काठमाडौंवासीले मात्र हैन, देशनै आक्रोशित छ अस्तिको भीभीआइपी सवारीको प्रसङ्गलाई लिएर । काठमाडौंको ट्राफिक धेरै ठाउँ ठप्प भयो, एम्बुलेन्सहरू जाममा परे, हजारौं आम जनता घाममा प्रदुशित हावा खाँदै ठिङ्ग उभिन पऱ्यो, उहाँहरूको कार्यतालिका अस्तव्यस्त भयो, देशलाई आर्थिक क्षति पनि भयो, वीभीआईपी मुभमेन्ट प्रोटोकलले गर्दा । वीर अस्पताल नजिकै डाक्टर समूह र सुरक्षा निकाय बीच झडप पनि भयो । त्यही झडपका कारण अहिले चिकत्सा सेवा देशभरि ठप्प छ र एक सुरक्षाकर्मी निलम्बनमा पनि पर्नुभयो । तर यो त केवल सूचक मात्र हो सभामुख महोदय, मूल जड यी हुन् :

  • सुरक्षामा सम्झौेता नगरीकन, सर्वसाधारणलाई मर्का नपर्ने गरि प्रोटोकलहरूको कार्य विधिमा विकल्प खोज्न हामी किन सकिरहेको छैनौं ? के देशको सुरक्षा अवस्था त्यति जटिल छ, सबलाई ठाउँको ठाउँ रोकि राख्न पर्ने गरी ?
  • अस्तिको घटनाको दोष जम्मै एक सुरक्षाकर्मीलाई थोपरेर चिकित्सक आन्दोलन थामथुम पार्ने औपचारिकतामा सिमित रहने यो दोहरिरहने समस्यालाई प्रोटोकल सच्याएर दीर्घकालिन समाधन दिने ?
  • यो सार्वभौम संसद्‍ले के आक्रोशित चिकित्सक समुदायलाई यो विश्वास दिलाउन सक्छ कि अबदेखि यस्ता घटनाको लागि वहाँहरूले आन्दोलन गरिरहन पर्दैन, हामी आफै यस्ता कुरा सदनमा उठाउछौँ र समाधान दिन्छौं । किनभने वहाँहरूको आन्दोलनले सबै भन्दा बढी मर्का ती निम्न वर्गीय जनतालाई पर्छ जसले स्वास्थ्य सेवाको लागि निजी अस्पताल जाने सामर्थ्य राख्दैनन् ।
  • प्रोटोकल परिवर्तन गर्न सकिन्न भने अस्तिको जस्तो संयुक्त सम्बोधन बिहान ८ बजे सकिने गरि वा रातिको ९ बजे शुरु हुने गरी गरौैं । हामी थोरै दु‌ःख भोगौं, जनतालाई सास्ती नदिऊँ ।
  • अन्त्यमा राज्यव्यवस्था र जनताबीचको दुरी श्री ५ वा श्री ३को बेला जस्तै छ कि घटेको छ ? घटेको महसुस गराउने गरी हामीले के काम गऱ्यौं ? व्यवस्था परिवर्तन त धेरै चोटि भयो । जनतामाथि अपमानजनक र अन्यायपूर्ण व्यवहार हुनबाट रोक्न यो सार्वभौम संसदले के गर्न सक्छ ?

मैले सभामुख महोदय मार्फत प्रधानमन्त्री ज्यू र सम्बन्धित सबै मन्त्रीहरूको ध्यानाकर्षण गराएँ

फलो अप

vvip-followup-pmo
प्रधानमन्त्री कार्यालयको जवाफ
vvip-followup-pmo
कार्यविधि परिमार्जन संस्थागत भए नभएको जानकारी माग
vvip-followup-pmo
प्रधानमन्त्री कार्यलयको जवाफ
vvip-followup-pmo


vvip-followup-griha

गृहको जवाफ
vvip-followup-griha

घटनाक्रम

स. राष्ट्रपतिको सवारीको लागि यातायात ठप्प, चिकित्सक कुटिए
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‍को कार्यालयलाई प्रक्रिया कहाँ पुग्यो भनी जानकारी माग
गृह मन्त्रालयबाट मन्त्रीपरिषद्‍लाई कार्यविधि परिमार्जनको लागि सुझाव बुझाएको जवाफ प्राप्त
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‍को कार्यालयलाई कार्यविधि परिमार्जन संस्थागत भए नभएको जानकारी माग