सूचना प्रविधिमा क्षेत्रमा रोजगारी सिर्जना

मुद्दा: नेपालमा व्याप्त शिक्षित बेरोजगारीलाई न्युनीकरण गर्न हाम्रो देशलाई विश्वव्यापी नक्सामा “प्राविधिको केन्द्र” को रूपमा कसरी स्थापना गर्न सकिन्छ? ताकि प्रविधिका विश्वप्रसिद्ध कम्पनीहरूले नेपालीलाई भर्ती गर्नेदेखि यहाँ कार्यालयहरू समेत खोल्न लालायित हुन्।

स्थिति: वर्तमान प्राविधि क्षेत्रमा रोजगारी पाई रहेकाहरूले सामना गरिरहेका समस्याहरू के छन्, नीतिगत खाडलहरु के के छन् भनी बुझ्नका निम्ति यो प्रश्नावली बनाई व्यापक रूपमा वितरण भइरहेको छ।

भावी कदमहरू: सर्वेक्षण निष्कर्षहरू प्रशोधन गर्ने, फ्रिल्यान्सरहरूसँग सामुहिक परामर्श गर्ने र प्राविधिमा रोजगारी दिइरहेका कम्पनीहरूमा पनि यस्तै सर्वेक्षण र छलफल गर्ने।

घटनाक्रम

सूचना प्रविधिसम्बन्धी विधेयकहरू बुझ्न र सहकार्यबारे छलफल गर्न कानुनी प्राविधिक विशेषज्ञसँग भेटघाट
नेपालमा प्राविधिक रोजगारीसम्बन्धी अनुसन्धानकर्तासँग भेट