नेपालमा हवाई उडानमा सुरक्षा

मुद्दा: नेपालको उड्डयन सुरक्षाका समस्याहरू बुझ्ने

समस्या पहिचान:

  • वि. सं. २०४४मा मौसम पूर्वानुमान विभागमा कुल ३२६ दरवन्दी रहेकोमा विभिन्न मितिमा पुनर्संरचना हुंदै वि. सं. २०७५मा सोबाट पनि घटेर हाल कुल २५१ दरवन्दी कायम भएको ।
  • त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आई सी ए ओ)को रिपोर्टको आधारमा, मौसम विभागमा निम्न कमजोरीहरू छन्:
    • पूर्वाधार र मानव संसाधनको कमी,
    • स्थानीयकृत मौसम पूर्वानुमान मोडेलहरू विकास गर्न कुनै लगानी छैन
    • एयरोड्रोम विन्ड शियरको अभाव
    • योग्यता प्रशिक्षण आवश्यक, गुणस्तर व्यवस्थापन प्रणाली (क्यु एम एस) र एकाइ आवश्यक, आदि।

सिफारिसहरू:

  • नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजित गर्ने
  • एक स्वायत्त दुर्घटना अनुसन्धान इकाई सिर्जना गर्ने
  • आई सी ए ओका सिफारिसहरू र विगतको अनुसन्धान निष्कर्षहरूको कार्यान्वयनको विश्लेषण गर्ने

घटनाक्रम

जल तथा मौसम पूर्वानुमान विभागका मौसम पूर्वानुमान महाशाखाकी डा अर्चना श्रेष्ठसँग पहिलो भेट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मा एयरलाइन्स ह्याङ्गरहरूको भ्रमण