कोभिड पुनः फैलिन नदिन तैयारी

समस्या: छिमेकी मुलुकहरूमा कोभिड-१९को बढ्दो संख्यालाई मध्यनजर गर्दै नेपालमा हुने सम्भावित असर कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारे

स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह: यात्रा गर्न अघि कोभिड परिक्षण गर्न पर्ने व्यवस्था पुनः लागु गर्ने । नेपाल भित्रिने यात्रुहरूले अनिवार्य रूपमा खोप लगाएको हुन पर्ने । विमानस्थलमा यात्रुको छड्के कोभिड परिक्षण । सुरक्षा निकायहरूले सम्वनय चुस्त गराउने, सीमानाकामा कोभिड परिक्षण बढाउने । हात धुने, मास्क लगाउने आदि कार्यमा जनचेतना जगाउने ।
कुनै प्रकारको यात्रा प्रतिबन्धले भर्खर जुर्मुराउदै गरेको पर्यटन व्यवसायलाई धक्का पुग्ने भएकोले सबै सरोकारवालाहरूलाई साथमा लिएर मात्र निर्णय लिने । विगतको जस्तो हठात निर्णय नलिने ।

सुझावहरू: नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारीद्वारा पर्यटन व्यवसायीहरूसँग छलफल गरी हवाई तथा स्थलमार्ग आगमनको प्रोटोकल विकास गर्ने । साथै ट्रेकिङ्ग, पर्वतारोहण, ऱ्याफ्टिङ्ग र आन्तरिक उडानको लागि पनि प्रोटोकल विकास गर्ने । हवाई उद्धारलाई नियमन गर्ने । नेपालबारे नकारात्मक खबरको कूटनीतिक निकाय मार्फत खण्डन गर्ने । कोभिड सम्बन्धी सबै जानकारी एकै माध्यमबाट जारी गर्ने

हालको अवस्था: यसमा थप कार्य गर्ने जिम्मा स्वास्थ्य क्षेत्रमा अनुभव भएका सांसदलाई सुम्पियो

घटनाक्रम

गृहमन्त्रीका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चिकित्सा विज्ञहरूसँग बैठक
सांसद डोलप्रसाद अर्यालद्वारा पर्यटन व्यवसायी र चिकित्सा विज्ञसँग दोस्रो भेटघाट