Zero hour, 2023-02-15

सभामुख महोदय मार्फत सरकारलाई प्रश्न सोध्न चाहान्छु

  • जनगणना सकिसकेको महिनौं भईसक्दा पनि हामी समक्ष त्यसको प्रतिवेदन आउन केले छेकेको छ ? तथ्याङ्क, आँकडा नै भएन भने हामीले के को आधारमा नीति निर्माण गर्ने ?

  • न्यायपालिकाको काम चुस्त दुरुस्त र पारदर्शी हुनुपऱ्यो सबैको पहुँच हुनुपऱ्यो । गौशाला - २६को मुद्दा कहिले सम्म छिनो फानो गर्छौं ? सन्दिप लामिछाने आरोपित मात्र हुन् भने उनको नाम सार्वजनिक हुनु हुन्थ्यो कि हुदैनथ्यो? भैसकेपछि यो मुद्दा छिनोफानो किन ढिलासुस्ती?

  • एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो? मुद्दा छिनोफानो हुनदिन सकिन्न थियो?

  • सन्दिप प्रकरणले पीडितहरू झनै ठुलाे मानसिक अवसादमा धकेलिने जाेखिम बढेकाे छ । पीडितकाे सुरक्षा र उसकाे मनाेसामाजिक र आर्थिक अवस्थाको विषयमा राज्य र समाजले पुरै अनदेखा गरिरहेकाे छ । यसमा पनि सबैको ध्यान जाओस् ।