Balmandir case, 2023-02-22

सभामुख महोदय, म समसामयिक विषय उठाउदै छु ।
१८ सालमा निजी सम्पतिलाई अधिगृहण गरेर अनाथ बालबालिकाहरूको हेरचाह गर्ने नेपाल बाल संगठनलाई जग्गा दिइयो । तर अहिले बाल मन्दिरको एकल स्वामित्वमा रहेको २८ रोपनि जग्गा र नेपाल ललितकलाको संयुक्त स्वामित्वमा रहेको २९ रोपनि जम्मा जम्मी ५७ रोपनी जग्गा कसले भोग चलन गरिरहेको छ ? कसको हितमा प्रयोग हुदैछ ? अनाथ बालबालिकको लागि कि कौडीको भाउमा बाहालमा लिएर व्यवसाय चलाउने नाम कहिलिएका व्यक्तित्व र व्यवसायिक घरानाहरूको हितमा ?
यो संगठनको बोर्डमा आफ्नो मान्छे छिराएर बोर्ड कब्जा गर्ने र सिमित मान्छेहरूको लागि त्यो बोर्डले काम गर्ने - कहिले सम्म अन्देखा गर्छम्? बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले बाल संगठन पदाधिकारीलगायत संलग्नलाई कानुनी दायरामा ल्याउन सुझाव दिए पनि सरकारले अहिलेसम्म प्रतिवेदन नै सार्वजनिक गरेको छैन, कहिले गर्छ?सरकारी संस्थाको सम्पतिको संरक्षणमा ध्यान जाओस्।
यसमा अख्तियार दुरुपयोग, महिला तथा बाल मन्त्रालय र गृह मन्त्रालय को ध्यानाकर्षण, सभामुख महोदय मार्फत गराएँ।

सन्दर्भ सामाग्री