Career Counselling

विद्यार्थीलाई कक्षादेखि समाजोपयोगी रोजगारी सम्म पुग्ने बाटो देखाउनु हाम्रो दायित्व हो। भविष्यमा कता के अवसरहरू पाउन सकिन्छ, त्यसको लागि कस्तो सीप सिक्न पर्छ भनेर बुझ्न सजिलो होस् भनी वृत्ति मार्गनिर्देशन (करियर काउन्सेलिङ)का लागि विभिन्न कार्यक्रम अगाडि ल्याएका छौँ ।

वृत्ति मार्गनिर्देशन वेभसाइट

वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको छ।

छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिएको छ भने सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकैठाँउबाट सार्वजनिक गर्ने प्रबन्ध गरिएको छ।

वेभसाइट: cgs.moest.gov.np

कक्षादेखि लक्ष्यसम्म च्यानल

विभिन्न पेशामा आबद्ध पेशाकर्मीहरूको संघर्ष र अनुभव समेटिएको प्रेरणाका कथाहरु -
युट्युब च्यानल: @CareerGuidanceNepal