Bangladesh medicine quota issue
मुद्दा: बङ्गलादेश सरकारबाट शैक्षिक वर्ष २०२३/२४ मा प्राप्त चिकित्सा शिक्षा कोटामा विद्यार्थीको सूची हेरफेर भएको गुनासो आएको
कारवाही:
**बङ्गलादेश सरकारबाट शैक्षिक वर्ष २०२३/२४ मा प्राप्त चिकित्सा शिक्षा कोटाबारे गुनासोको विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रेस विज्ञप्ति**
— Sumana (@SumanaShrestha) May 14, 2024
(१) शैक्षिक वर्ष २०२३ २०२४ का लागि बंगलादेशमा अध्ययन गर्न मनोनयन भएका MBBS तर्फ १९ जना र BDS तर्फ ३ जना गरी जम्मा २२ जना नेपाली… pic.twitter.com/uhjocL2cdm
बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ। आज बङ्गलादेश राजदुतावासले बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जान छुटेका ८ जनालाई पनि भर्ना दिने निर्णयको पत्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्राप्त भयो।
— Sumana (@SumanaShrestha) May 22, 2024
बङ्गलादेश सरकारले दिने कोटामा… pic.twitter.com/lIujMVhRme
निष्कर्ष: छुटेका ८ जनालाई पनि भर्ना दिने निर्णयको पत्र बङ्गलादेश सरकारको पत्र प्राप्त भएसँगै यो मुद्दाको समाधान भएको छ । यसतर्फ महत्वपूर्ण भूमिका निभाउनुभएका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठज्यू, नेपालका लागि बङ्गलादेशका महामहिम राजदूतज्यू, ढाकास्थित नेपाली दूतावासका महामहिम राजदूतज्यू र बङ्गलादेश सरकारलाई धन्यवाद । यो विषयलाई प्रमुखताका साथ उठाउनुहुने संघीय सदनका माननीय सदस्यज्यूहरुलाई पनि धन्यवाद छ। विद्यार्थीहरूको गुनासो आएकैदिनदेखि समस्या समाधानका लागि खटिने मन्त्रालयका कर्मचारीहरूलाई पनि धन्यवाद । विद्यार्थीको हकहीत र सुरक्षाको लागि आगामी दिनमा यस्तो घटना नदोहोऱ्याउने गरी काम गर्न मन्त्रालय प्रतिबद्ध छ ।