Initatives towards Good Governance

मुद्दा: सुसाशनका निम्ति काम कारवाहीमा पार्दशिता र अनुमानयोग्य प्रक्रिया आवश्यक छ। सांसद हुँदा यस विषयमा आवाज उठाउदै आएकी थिएँ। मन्त्रालय सम्हाले पछि यसतर्फ निम्न कार्य सम्पन्न गरेँ ।

विश्लेषण गर्न मिल्ने ढाँचामा तथ्याङ्क

एकिकृत कार्यालय व्यवस्थापन प्रणाली

सरकारी कार्यालयको डिजिटलाइजेसन गर्ने हेतुले बनेको एकिकृत कार्यालय व्यवस्थापन प्रणाली (Government Integrated Office Management System - GIOMS) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पनि लागू गर्ने निर्णय गरियो ।

  • हाजिरी, बिदा लगायतका कर्मचारी व्यवस्थापन सम्बन्धी कार्य विद्युतीय माध्यमबाट भई एकितृत विद्युतीय अभिलेख बस्ने
  • दर्ता चलानी, पत्र फर्वार्ड, टिप्पणी उठाउने लगायतका कार्य विद्युतीय माध्यमबाट हुने र विद्युतीय अभिलेख बस्ने । यसबाट कुनै फाइल कुन कर्मचारीकोमा पुगेको छ, कहिलेदेखि अघि बढ्न सकेको छैन भनी सरोकारवालाले हेर्न सक्नेछन् ।