सचिवालयमा अवसर

प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठको सचिवालयलाई सहयोग गर्न यहाँले देखाउनुभएको इच्छाका लागि हामी आभारी छौँ ।

फेलोशिप र ग्रीष्मकालीन इन्टर्नसिप

विस्तृत विवरण नेपालीमा / अंग्रेजीमा

आवेदन फारम

संलग्नताको किसिम: हप्तामा १४ घण्टा, (यो फेलोशिप ०-२ वर्षको अनुभव भएका विद्यार्थी र स्नातक गरेका (ग्राडुएट) लाई बढी उपयुक्त हुनेछ । थोरै भत्ता दिइने छ ।

अवधि: यो फेलोशिप एक वर्षको हुनेछ । यसमा आवद्ध रहनेले छ महिनासम्म जुनियर फेलोका रूपमा काम गर्नेछन् र त्यसपछि कार्यसम्पादन मूल्याङ्कनका आधारमा सिनियर फेलोमा पदोन्नति हुन सक्नेछन् ।

स्थान: काठमाडौँ, नेपाल । भौतिक उपस्थिति बिना (रिमोट) काम तर साप्ताहिक रुपमा भौतिक बैठक सहित

फेलोशिपका क्षेत्रहरू:

१. सूचना प्रविधि नीति
२. प्रवासी नेपाली रणनीति
३. सार्वजनिक प्रशासन तथा ई-शासन नीति
४. जवाफदेहिता नीति
५. विद्युतीय सञ्चार र जनसम्पर्क व्यवस्थापन (पडकास्ट सहित^)
६. नेपालको महिलावादी राजनीतिक इतिहासको कथावाचन (पडकास्ट सहित^)
७. ग्रीष्मकालीन इन्टर्नसिप [३ महिने]

^ सहयोग गर्न चाहने फोटोग्राफर, भिडियोग्राफर, ग्राफिक डिजाइनर, सिर्जनशील निर्देशक, पडकास्ट प्रोडक्सन कम्पनीहरूलाई पनि खुला

सल्लाहकार बन्नुहोस्

सांसदका हैसियतले विभिन्न मुद्दालाई सम्बोधन गर्न क्रममा सुमना श्रेष्ठलाई यहाँको विज्ञताको खाँचो हुनेछ। ती दिनहरूमा, सही निर्णय लिन तपाईँहरूको विशेषज्ञ सल्लाह लिनुहुनेछ।

यदि तपाइँ कम्तिमा ५-७ वर्षको अनुभव भएको पेशेवर हुनुहुन्छ, र सांसद सुमनालाई प्रमाणमा आधारित नीति निर्माण प्रक्रियाको लागि मद्दत गर्न इच्छुक हुनुहुन्छ भने, कृपया यो फारम भरि सल्लाहकारका आफूलाई दर्ता गर्नुहोस्।

स्वयंसेवक

स्वयंसेवकका रुपमा सचिवालयलाई सहयोग गर्न ईच्छुक हुनुहुन्छ भने यो फारम भर्नुहोला ।

अन्य अवसर र सचिवालयका कृयाकलाप बारे थप जानकारी प्राप्त गर्न हाम्रो न्युजलेटर सब्सक्राइब गर्नुहोस् ।