राहदानी आवेदन समस्या

मुद्दा: राहदानी आवेदनको लागि सिमित समयमा मात्र एपोइन्टन्टमेन्ट लिन मिल्ने भएकोले सो समयमा अत्यधिक चापले साइट नखुल्ने । यस्तो व्यवस्थाले डिजिटल रूपमा सक्षम नागरिकहरूलाई पनि फारम भर्ने साइबरतिर जान बाध्य बनाएको ।

प्रस्तावित समाधानहरू:

  • महिनादिन पछिका स्लटहरू पनि अग्रिम रुपमा खोल्ने, चौबीसै घण्टा फारम भर्न सकिने बनाउने । छुट्टीको तालिका बनाउने ।
  • सबै जिल्ला प्रशासन कार्यालयहरूले अनलाइन भुक्तानी स्वीकार गर्नुपर्ने।
  • साइबरहरूसँग फारमहरू भर्न उचित शुल्क निर्धारण गरी सेवा स्तर निर्धारण गर्न साझेदारका रूपमा सहकार्य गर्ने।

फेब्रुअरी ७ सम्मका उपलब्धिहरू: अधिकांश जिल्लाहरूले अग्रिम मितिहरू खोल्ने निर्देशनहरू पालना गरेका छन्। त्यस्ता जिल्लाहरूमा सोही हप्ताको मिति पनि पाउने देखिएको भने चाप बढी भएका जिल्लाहरुमा ३-४ हप्ता पछिको मात्र मिति पाइने भए पनि फारम चै भर्न सकिने भएको ।

राहदानी विभागको सबैभन्दा छिटो उपलब्ध मिति मार्च १३ छ, अर्थात् ५ हप्ता पर्खिनु पर्ने। आकस्मिक अवस्थाको लागि विभागलाई इमेल मार्फत अनुरोध गर्न सकिने

केही जिल्लाहरूमा अझै मिति पाउन गाह्रो छ:

  • ललितपुर - मार्च ३ सम्म खुला छ तर कुनै स्लट उपलब्ध छैनन्
  • चितवन - मार्च २६ सम्म खुला छ कुनै स्लट उपलब्ध छैन
  • मकवानपुर - छिटो उपलब्ध मिति अप्रिल ४
  • धनुषा - मार्च ३ सम्म खुल्ला, कुनै स्लट उपलब्ध छैन
  • कञ्चनपुर - मार्च १० सम्म कुनै स्लट उपलब्ध छैन
  • सामान्यतया, मधेश प्रदेशमा कम स्लट उपलब्धता।

अब बिहान, दिउँसो र बेलुका फारम भर्न भने सजिलो भएको छ । अझै, २ देखि ६ बजे फारम भर्न वेबसाईटमा अझै पनि अत्यधिक चाप हुने कारण फारम भर्न गाह्रो छ। अपोइन्टमेन्ट मितिहरू सजिलैसँग उपलब्ध छ भन्ने महसुस गरेपछि, आशा छ, यो पनि सहज हुनेछ ।

फेब्रुअरी २८ को अपडेट:
राहदानी बन्न लागेको समय (बायोमेट्रिक दिएपछि एस एम एस आउन्जेल)

  • काठमाडौं जिल्ला प्रशासन - २३ दिन (१ जना अनुसार)
  • भक्तपुर जिल्ला प्रशासन - १८ दिन (२ जनाका अनुसार)

घटनाक्रम

राहदानी विभागको टिमसँग पहिलो भेट
राहदानी विभागको टिमसँग दोश्रो भेट, राहदानी विभाग परिसरमा अवलोकन र सेवाग्राहीहरूमा सर्भे
सम्माननीय प्रधानमन्त्रीज्यूलाई समस्या र प्रस्तावित समाधानहरू समेतको प्रस्तुति
राहदानी विभागको टिमसँग तेस्रो भेट, परराष्ट्र मन्त्रालयका सचिवसँग छलफल
माननीय परराष्ट्र मन्त्री श्री विमला राई पौड्याल तथा राहदानी विभागको टिमलाई प्रस्तुति, प्रस्तावित समाधानहरू सिफारिस