समाज रूपान्तरणको संवाहक

सुमना श्रेष्ठ

प्रतिनिधिसभा सदस्य

व्यवस्थापन परामर्शदाता | उद्यमी | अभियन्ता
केन्द्रिय सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी

“आफूमाथि विश्वास राख्ने मानिसहरूले नै इतिहास रच्छन् ।”

हामीलाई यथास्थितिमा रमाउने छुट छैन । यस्तै त हो नि ब्रो भनेर जस्तो चल्दै आयो त्यसैलाई निरन्तरता दिएर उन्मुक्ति पाउने समय छैन । आजको भोलि नै सबै समस्याको समाधान त हामीसँग पनि हुनेछैन, तर हामी एउटा बहसको सुरुवात गर्नेछौँ । समाधानतिर लम्किनको लागि परिवर्तनको खुड्किलातर्फ पाइला चाल्नेछौँ । एकैपटक सकिँदैन भने विश्राम लिँदै गरौँ । तर सुरु चै गरिहालौँ । परिवर्तनको सुरुवात हामीबाटै हुने हो ।
हामीले कोसिस गर्ने हो । एउटा तरिका सफल भएन भने अर्को तरिका प्रयोग गर्ने हो । जबसम्म समाधान भेटिँदैन तबसम्म निरन्तर प्रयास गरिरहनुपर्छ । यसरी हार नमानि आफूप्रति निरन्तर विश्वास राख्ने मानिसहरूले नै इतिहास रच्ने हुन् । संशयको शक्तिमाथि उनीहरूको विश्वासले विजय हासिल गर्दछ । समाधानको उपाय भएर मात्र पुग्दैन, सँगसँगै लगनशीलता पनि आवश्यक हुन्छ ।
सबै नेपाली नागरिकले सुखी र गुणस्तरीय जीवनको सपना देख्ने मौका पाउनुपर्छ । समान पहुँचको अवसर प्राप्त गर्नुपर्छ ।

सुमना श्रेष्ठ

विधेयक मन्थन

प्राविधिमा रोजगारी सिर्जना logo

प्राविधिमा रोजगारी सिर्जना

हामी बुटक्याम्प लगायतका अनौपचारिक शिक्षा र तालिममार्फत् प्रविधिका क्षेत्रमा तालिमप्राप्त र दक्ष जनशक्ति उत्पादन गर्नेछौँ

राष्ट्रनिर्माणमा प्रवासी नेपाली logo

राष्ट्रनिर्माणमा प्रवासी नेपाली

विश्वभर छरिएका नेपालीको सीप, अनुभव र श्रोतले नेपालको विकास

राजनीतिक उत्तराधिकारको योजना logo

राजनीतिक उत्तराधिकारको योजना

सिमित व्यक्ति मात्र लगातार राजनैतिक नेतृत्वमा बसिरहने समस्याको दीर्घकालीन समाधान

पहलहरू

मुद्दा: नेपालमा बनेको यात्री मोटरसाकइलले हालसम्म पनि नम्बर प्लेट नपाएको । यो यात्री विशेष मात्र नभई भविष्यमा नेपालमै उत्पादन हुन सक्ने अन्य सवारी साधान र पेट्रोल डिजेल इन्जिनलाई स्वदेशमै विद्युतीयमा परिवर्तन गर्ने उद्योग स्थापना भएमा के…

विस्तृतमा

मुद्दा: अनाथ बालबालिकालाई आश्रय दिन स्थापित नेपाल बाल संगठनको सम्पत्ति एउटा व्यापारिक घरानाले भोगचलन गरिरहेको बाल संगठन नेतृत्वले त्यसमा सघाइरहेको खुलासा भएकोमा अनियमियतता छानबिन गरी सरकारी संस्थाको सम्पत्ति संरक्षणमा पहल गर्ने पर्ने ।…

विस्तृतमा

मुद्दा: सरकारी निकायले नयाँ सवारी साधन खरिद गर्न अघि आफैसँग भएको साधनले काम चल्छ कि भनेर हेरोस् भनी सचेत गराउन जरुरी रहेको । यसले सरकारी खर्च कटौतीका साथै पैठारी पनि कम भै व्यापार घाटा पनि कम हुने ।

विस्तृतमा

मुद्दा: राहदानी आवेदनको लागि सिमित समयमा मात्र एपोइन्टन्टमेन्ट लिन मिल्ने भएकोले सो समयमा अत्यधिक चापले साइट नखुल्ने । यस्तो व्यवस्थाले डिजिटल रूपमा सक्षम नागरिकहरूलाई पनि फारम भर्ने साइबरतिर जान बाध्य बनाएको ।

प्रस्तावित समाधानहरू:…

विस्तृतमा

मुद्दा: प्रतिनिधि सभामा संसदीय क्यालेन्डर को लागी वकालत गर्ने

सम्पन्न कार्यहरू:

  • लेखहरू प्रकाशित
  • पात्रोको महत्वा बुझाउने भिडियो
  • लागू गर्न इच्छुक समूहसँग छलफल
  • संसद्‍लाई सम्बोधन
  • नमूना संसदीय पात्रो पेश

आगामी चरणहरू: संसदीय क्यालेन्डरलाई…

विस्तृतमा

संलग्न हुनुहोस्

फेलोशिप र ग्रीष्मकालीन इन्टर्नसिप अवसर । विभिन्न मामिलाहरूमा हामीलाई निर्णय लिन र सल्लाह दिन विशेषज्ञहरू पनि खोजिरहेका छौं। त्यसका लागि यो फारममा दर्ता गर्नुहोला । यदि तपाईं सचिवालयमा स्वयंसेवक हुन चाहनुहुन्छ भने, कृपया यो फारम प्रयोग गर्नुहोस्। थप जानकारीको लागि, यहाँ क्लिक गर्नुहोस् । यसका साथै संसदमा के भइरहेको छ भन्ने बारे तपाईँहरूलाई निरन्तर जानकारी भइराख्नुपर्छ भन्ने हाम्रो विश्वास हो । संसद्‍ सम्बन्धी जानकारी र सचिवालयमा रोजगारी अवसर बारे थाहा पाउन हाम्रो न्यूजलेटर सब्सक्राइब गर्नुहोस् ।